माघ ८ मा संविधान आउँदैन, जनता नढाटौ: भट्टराई

काठमाण्डु टुडे २०७१ असोज १८ गते १५:१७ मा प्रकाशित

ताप्लेजुङ , १८ असोज एमाले सचिव योगेश भट्टराईले माघ ८ मा नयाँ संविधान नआउने बताएका छन् ।
yogeshदसैं मान्न गृह जिल्ला ताप्लेजुङ आएका उनले माघ ८ मा संविधान आउँछ भनेर जनता ढाँट्न नहुने बताएका हुन् ।

चैत मसान्तअघि संविधान कुनै सम्भावना नरहेको उनको भनाइ थियो । भट्टराईले ०७१ सालको चैत मसान्तमा काम सकेर ०७२ सालको वैशाखमा संविधान जारी गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने उल्लेख गरे । यस्तै उनले संविधान जारी गरेपछि मात्र स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us