दसैंका बेला एकै दिनमा कतिको भयो मृत्यु ?

काठमाण्डु टुडे २०७१ असोज १८ गते ११:३४ मा प्रकाशित

खोलाले बगाएर वेपत्ता
रामेछाप    गेलु–१ बस्ने २० वर्षीया राजनी खडका सोही ठाउँस्थित तामाकोशी खोलामा लुगा धुन जाँदा आज १०: ०० बजे उक्त खोलाले बगाएर बेपत्ता भएकी छन् ।

उक्त घटनाको खवर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटि गएको प्रहरी टोलीले निजको खोजी कार्य तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

असक्त फेला परेकी बालिकाको मृत्यु
ललितपुर–ललितपुर चाकुपाटस्थित नित्र प्राईमरी स्कुलमा कक्षा २ मा अध्ययनरत कास्की जिल्ला ढिकुरपोखरी–६ काँडे बस्ने हरिप्रसाद भारतीको छोरी सपना भारती आज १०:०० बजे असक्त अवस्थामा फेला परेकोमा उपचारको लागि अस्पतालतर्फ लैजानेक्रममा मृत्यु भएको छ ।

ललितपुर सातदोबाटो चोकस्थित कोरियन नागरिक हि–मायोङको कोठामा निजसँगै बसी म्युजिक सिक्दै आएकी ती बालिका सुतिरहेको अवस्थामा अशक्त भएको देखी घरधनीले बि. एण्ड बि. अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाण्डु–    काठमाण्डु महानगरपालिका–१५ स्वयम्भु बडेगाल डेरा गरी बस्ने ३० वर्षीय निरज कपाली आप्mनै कोठामा सुतिरहेको अबस्थामा असोज १७ गते १४ः०० बजे मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चक्कु प्रहारबाट मृत्यु
म्याग्दी–    पिप्ले–९ महफाट बस्ने २० वर्षीय कुमार खोर्जालाई निजको सहोदर भाई १७ वर्षीय सुरेश खोर्जाले आप्mनै घर नजिक खेतमा मादक पदार्थ सेवन गरी विवाद हुँदा आज २:०० बजे धारिलो हतियार चक्कुले प्रहार गर्दा कुमार खोर्जाको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले हाल फरार रहेका सुरेश खोर्जाको खोजी तथा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङ–    सिसहनीया–४ बस्ने ७० वर्षीय लबरु चौधरी आज ११ः४५ बजे भैंसी चराउने क्रममा सोही ठाउँस्थित दोलही खोलामा डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु

सप्तरी:  बकधुवा–९ महेन्द्र राजमार्गमा मे.२ ज १६६७ नम्बरको टाटा सुमोले को.१६ प ३३५१ नम्बरको मोटरसाइकललाई आज १३:०० बजे ठक्कर दिंदा मोटरसाइकल चालक सिराहा जिल्ला धनगढी घर भई ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय प्रमोदकुमार ठाकुर र पछाडी सवार निजको छोरी ४ वर्षीया सेजुका ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएकी निजकी श्रीमती २६ वर्षीया संगीता राईको उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ: नारायणपुर–४ र ७ स्थित अमराईको सिमानामा बा.२४ प ७२८० र भे.४ प ५३८१ नम्बरका दुई मोटरसाइकल असोज १७ गते १५:२५ बजे एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बिजौरी–८ बस्ने ३७ वर्षीय देबबहादुर योगी र दाखाक्वाडी प्यूठान घर भई अञ्चल सशस्त्र प्रहरी गुल्म राप्तीमा कार्यरत प्रहरी जवान २७ वर्षीय तिलकबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गुल्ममा कार्यरत प्रहरी जवान  २७ वर्षीय रमेश बस्नेत, प्रहरी जवान २८ वर्षीय दिलीप पुन र वतन नखुलेका अन्दाजी ५ वर्षीय बिक्की भत्रे बच्चा समेत घाइते भएकोले उपचारको लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराही हुँदै थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

रुपन्देही : तिलोत्तमा नगरपालिका–१३ बेहोरा चोकमा लु.२ त ४८१२ नम्बरको ट्याक्टरबाट अचानक खस्दा सोही नगरपालिका–१५ बस्ने १६ वर्षीया मन्जु चौधरीको असोज १७ गते १७:१५ बजे घटनास्थलमै मृत्यु भएको छ । सोही ठाउँ बस्ने ३४ वर्षीय महेन्द्र चौधरी घाइते भएकोले उपचारको लागि मणिग्राम अस्पताल पठाइएको छ । फरार रहेका उक्त ट्याक्टरका चालकको खोजी भइरहेको छ ।

काभ्रे : फुलवारी–६ स्थित राजमार्गमा बा.२९ प २१९६ नम्बरको मोटरसाइकल असोज १७ गते १७:३० बजे  दुर्घटना हुँदा चालक सिन्धुली जिल्ला रानीचुरी–५ बस्ने २९ वर्षीय मनोज श्रेष्ठ र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३० वर्षीय गौरीशंकर श्रेष्ठ घाइते भएकोमा न्युरो अस्पताल बाँसबारी काठमाडौंमा उपचारको क्रममा मनोज श्रेष्ठको मृत्यु भएको छ । गौरीशंकरको अबस्था सामान्य रहेको छ ।

बाँके: मनिकापुर–८ राजाचोकमा भे.२ प ४३७ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने १८ वर्षीय तैयात पाठकलाई असोज १७ गते १९:४५ बजे ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएपछि दुवैजनालाई उपचारको लागि नर्शिंङहोम अस्पताल नेपालगंज पठाएकोमा मोटरसाइकल चालक प्युठान जिल्ला विजयनगर–७ बस्ने गोपालसिंह बिष्टको उपचारको क्रममा मृत्यु भएको छ । घाइते तैयात पाठकको अबस्था गम्भीर रहेको छ ।

झापा: सतासीधाम–९ स्थित राजमार्गमा को.१ च ५०२६ नम्बरको भ्यान असोज १७ गते २३ः३० बजे  दुर्घटना हुँदा चालक बिर्तामोड नगरपालिका–६ बस्ने २५ वर्षीय सुरज बि.क. र भ्यानमा सवार सतासीधाम–३ बस्ने  २४ वर्षीय समिर धमला गम्भीर घाइते भएपछि कंचनजंघा अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा सुरज बि.क.को मृत्यु भएको छ ।

उदयपुर:त्रियुगा नगरपालिका–११ जलजले उदेशी बोर्डिंग स्कुलको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १८ वर्षीय पुरुष असोज १७ गते २३ः५० बजे वेहोस अबस्थामा लडिरहेको ईलाका प्रहरी कार्यालय जलजलेको प्रहरी टोलीले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा आज ०१:४५ बजे निजको मृत्यु भएको छ ।

निजको नजिकै स.२ प ५६१० नम्बरको मोटरसाइकल ढलेको अवस्थामा रहेकोले निज सवारी दुर्घटनामा परेको आशंका गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us