एम्बुलेन्स चालकको शव चौचालयमा भेटियो

काठमाण्डु टुडे २०७१ असोज १८ गते ५:२४ मा प्रकाशित

गोरखा,१८ असोज- गोरखा अस्पतालका एम्बुलेन्स चालकको  शौचालयमा शव फेला परेको छ ।
तीन दिनदेखि हराइरहेका एम्बुलेन्स चालक ६१ वर्षीय सुविराज गुरुङ अस्पतालको शौचालयमा मृत भेटिएका हुन् ।

जिल्लाको ताप्ले–८ स्थायी घर भएका गुरुङको शव शौचालयमा फेला परेको गोरखा प्रहरी प्रमुख नायब उपरीक्षक रमेश थापाले जानकारी दिए । बन्द शौचालयमा सिनोको गन्ध आएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
अस्पतालको ढोका फुटाएर हेर्दा शव फेला परेको थापाले बताए । उनलाई कसैले हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us