संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो ४ शर्त

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, २५ चैत– कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउनुअघि कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको बताएको छ ।

पार्टीले आज (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाउँदै यस्तो धारणा सार्वजनिक गरेको हो । सरकारले कांग्रेसलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा एक जना प्रतिनिधि मनोनयन गर्न भनेको थियो ।

उक्त पत्र प्राप्त भएको जानकारी दिँदै कांग्रेसले संविधान संशोधनपूर्व व्यापक छलफल र सहमति आवश्यक रहेको भन्दै सरकारको पहललाई स्वागत गर्दै ४ शर्तहरु अघि सारेको छ ।

कांग्रेसले पत्रमा कार्यदलको क्षेत्राधिकार, भूमिका र सीमाबारे स्पष्ट उल्लेख नभएको भन्दै यसबारे जानकारी मागेको छ । साथै संविधान संशोधनको प्रक्रिया सहभागितामूलक, समावेशी र न्यायपूर्ण हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us