वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, २५ चैत– घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको दाबी गर्दै बुधबार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार आयोगले लेखा अधिकृत दाहालसँग ९३ हजार ८५० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद सजाय पनि मागदाबी गरिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपैयाँ घुसहित पक्राउ परेका थिए । वीर अस्पतालमा कार्यरत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस माग्ने गरेको आरोप थियो । सोही आधारमा परिचालित आयोगको टोलीले भएर घुस रकमसहित बेला पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us