कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, २५ चैत– कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्ष (एसपी) खड्कबहादुर खत्रीले जानकारी दिएका छन ।

उनका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले जानकारी दिए । घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका रहेको एसपी खत्रीले बताए ।

उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us