सार्वजनिक यातायात भाडा बढाइँदै

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, २५ चैत– सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने भएको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो ।

मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी रहेको विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन । उनका अनुसार नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गर्ने तयारी छ ।

मन्त्रालयले यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us