देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८२ चैत २५ गते १३:११ मा प्रकाशित

काठमाण्डू, २५ चैत– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाण्डूबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’ हाल देउवा दम्पत्ति विदेशमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us