कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०८२ चैत २५ गते १०:५९ मा प्रकाशित

काठमाण्डू, २५ चैत– प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । आज (बुधबार) सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार मध्याह्न १२ बजे बैठक बस्नेछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us