ओली नेतृत्वको सरकारले नियुक्त गरेका भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाण्डु टुडे २०८२ चैत २४ गते १२:११ मा प्रकाशित

काठमाण्डू, २४ चैत– सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाएको हो ।

भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूत रहेका छन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार ६ देशका राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us