रुपन्देहीमा प्रहरीले गोली चलायो

काठमाण्डु टुडे २०८२ चैत २४ गते ६:०४ मा प्रकाशित

बुटवल, २४ चैत – प्रहरीले रूपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली चलाएको छ ।

रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गएराति गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दका अनुसार दुई भारतीय र एक नेपाली पक्राउ परेका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्ज, पर्सामालिक ग्राम बिसुनपुरवाका १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रुपन्देहीको रोहिणी–२ खुरूहुरियाका विशाल यादव छन् ।

यादवको घुँडामा गोली लागेको छ । उनको प्रहरी निगरानीमा उपहार जारी छ ।

प्रहरीले उनीहरुको साथबाट ३ हजार ३ सय वटा लागुऔषध एम्पुल बरामद गरेको छ ।

घटनास्थलबाट युपी- ५६- एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us