काठमाण्डू, २३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुली नयाँ प्रतिनिधि सभाले कसैले पनि ‘छेडखानी’ गर्ने हिम्मत नगर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुलीले यस्तो बताएका हुन । अघिल्लो संसद्मा सदनले कानुन बनाउँदा छेडखानी भएर छानबिन समिति बनाउनु परेको तितो यथार्थ रहेको भन्दै अब त्यस्तो अवस्था आउन दिन नहुने बताएका छन् ।
उनले सदनमा सांसदले उठाएका सबै विषयको सम्बोधन हुने वातावरण निर्माण, प्रि बजेटबारे समयमै छलफल र सांसदले उठाएका विषय बजेटमा समावेश हुनुपर्ने पनि बताएका छन । उनले सांसदहरू आफ्ना योजना पूरा नभएको भन्दै मन्त्रीको घर चाहर्न नपर्ने वातावरण निर्माण हुनुपर्ने पनि उनले बताए ।