संसद्‌मा मेरो भूमिका निष्पक्ष रहनेछः सभामुख अर्याल

काठमाण्डु टुडे २०८२ चैत २३ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, २३ चैत– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि अर्यालले पहिलो पटक आज (सोमबार)को सभा सञ्चालन गरेका छन ।

सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि उनले यस्तो बताएका हुन् । उनले भने, ‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’

पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले विश्वास व्यक्त गरेका छन । सभामुखको रुपमा तटस्थ, निश्पक्ष र समन्वयकारी हुने पनि उनले बताएका छन । सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us