काठमाण्डू, २३ चैत– एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।
आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद महरले यस्तो बताएका हुन । उनले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग समेत गरेका छन ।
उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको आरोप समेत लगाएका छन । लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्ने पनि बताएका छन ।
त्यस्तै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरेका छन ।