काठमाण्डू, २२ चैत– पूर्व मन्त्री एवं कांग्रेस नेतादीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।
चैत १५ गते पक्राउ परेका उनलाई आज दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि जिल्ला अदालत काठमाण्डूले ७ हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।