काठमाण्डू, २२ चैत– शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो । विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको जानकारी दिए ।
‘बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं,’ ठाकुरले भने । केही दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।