काठमाण्डु, १६ असोज– प्रधानमन्त्री सुशील कोइरालाले विदेशमा रहेका सबै नेपालीले राजदूत सरह नै
नेपालमा लगानी भित्रयाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।
राष्ट्रसंघीय महासभामा सहभागी भएर बेल्जियम पुगेका प्रधानमन्त्री कोइरालाले गैरआवासीय नेपाली संघ एनआरएन पदाधिकारी र त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्दै मुलुक विकासमा भूमिका खेल्न आग्रह गरेका हुन् । ‘मुलुकको विकासका लागि सबै पक्षको सहयोग आवश्यक छ, नेपालमा लगानीका लागि वातावरण बन्दै गएको छ’, कोइरालाले भने, ‘विदेशमा रहेका सबै नेपालीले मुलुकमा लगानी भित्रयाउन राजदूत सरहकै भूमिका निर्वाह गर्नुपर्छ ।’
भारतसँग भएको विद्युत विकाससम्बन्धी पछिल्लो सम्झौताले नेपालमा अन्र्तर्राष्ट्रिय लगानीको ढोका खुलेको प्रधानमन्त्रीको भनाइ थियो ।
उनले भावजी संविधानमा लोकतान्त्रिक मूल्यमान्यता अनुरुप शक्तिपृथकीकरण स्वतन्त्र र जिम्मेवार न्यायालय, संसदप्रति उत्तरदायी सरकारलगायतको प्रावधान राख्ने पाटोमा विशेष ध्यान पु¥याइने प्रतिबद्धता जनाए ।
कोइरालाले भष्टाचार नियन्त्रण र विकास निर्माण आफ्नो नेतृत्वको सरकारको प्राथमिकता भएको दाहो¥याए । सो अवसरमा एनआरएनसहित विभिन्न सम्पर्क समितिका पदाधिकारीले बेल्जियमसहित युरोपमा रहेका नेपालीको अवस्था र उनीहरुले भोग्नुपरेका कठिनाइबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।