काठमाण्डु, १५ असोज उपप्रधान तथा स्थानीय विपकासमन्त्री प्रकाशमान सिंहले दसैँ बिदामा पनि दलहरुबीच सहमति प्रयास जारी रहने बताएका छन् ।

नेपाली कांग्रेस काठमाण्डु क्षेत्र नम्बर १ ले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री सिंहले तोकिएको समयभित्र संविधान बनाउन बिदाको समयमा पनि दलहरुबीच सहमति प्रयास हुने बताएका हुन् । उनले संविधान लेखाकार्य कार्यतालिकाअनुसार नै अघि बढने पनि दाबी गरे ।
राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड, शासकीय स्वरुपलगायत विषयमा दलहरुबीच विवाद देखिए पनि सहमति नजिक पुगिएको दाबी उनको छ ।
लगातार सदन नचल्दा समयमै बजेट पास हुन नसेको भन्दै अवरोध खुलाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे । सरकारले प्रतिपक्षी दलहरुसँग छलफल गरिरहेकाले दसैँपछि सदन खुल्ने उल्लेख गरे ।