आक्रोश व्यक्त गर्दै एमालेले दियो प्रधानमन्त्रीलाई बधाई

काठमाण्डु टुडे २०८२ चैत १९ गते १५:२५ मा प्रकाशित

काठमाण्डू, १९ चैत– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बौल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् ।

एमाले संसदीय दलका नेता थापाले भने, ‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम निर्वाचतनमार्फत निलोक्रान्ति सम्पन्न गरियो, ‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्त गरियो । नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई भन्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us