जब साइकल चढेर सिंहदरबार पुगे सांसद…

काठमाण्डु टुडे २०८२ चैत १९ गते १४:१५ मा प्रकाशित

काठमाण्डू, १९ चैत– रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन पुगेका छन । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार पुगेका हुन ।

दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ । उनले सम्भव भएसम्म हिँड्न, नभए सार्वजनिक यातायात चढ्न सुझाव समेत दिएका छन् ।

उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us