एमाले सं‌सदीय दलमा बादल, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

काठमाण्डु टुडे २०८२ चैत १८ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, १८ चैत– एमालेको संसदीय दल अब रामबहादुर थापा बादलले सम्हाल्ने भएका छन् । आज संसदीय दलको नेता चयनका क्रममा भएको छलफलमा थापा निर्विरोध निर्वाचित भएका हुन ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

दुवैले निर्वाचनका लागि फारम लगेर मनोनयन दर्ताको अवस्था भए पनि अन्तिम समयमा सुहाङलाई प्रस्तावक र समर्थकको अभाव भएपछि थापा संसदीय दलको नेतामा निर्विरोध भएका हुन ।

दुवैले मनोनयन पत्र लिए पनि निर्धारित समयमा थापाले मात्र बुझाएको निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताए । अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो। त्यो अवधिमा थापाले मात्र फारम बुझाए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us