कोइराला र लक्जेमबर्गका प्रधानमन्त्रीबीच भेट

काठमाण्डु टुडे २०७१ असोज १५ गते ३:२८ मा प्रकाशित

लक्जेमबर्ग, १५ असोज– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले लक्जेमबर्गका प्रधानमन्त्री जाभियर वेटेलसँग भेटवार्ता गरेका छन् ।
sushilलक्जमबर्गस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियामा युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
भेटमा प्रधानमन्त्रीले लक्जेमबर्गका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए ।
भेटमा लक्जमबर्गका प्रधानमन्त्री वेटेलले नेपाललाई युरोपेली संघ र गैरसरकारी संस्थामार्फत सहयोग पुर्यालइँदै आएको जानकारी दिँदै व्यापार, लगानी र पर्यटनका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो तुल्याउन प्रयत्न गरिने बताएका थिए ।  उक्त भेटपछि प्रधानमन्त्री वेटेलले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री कोइराला सहभागी भएका थिए ।
संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी भएर कोइराला युरोप भ्रमणमा निस्केका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us