काठमाण्डू, १८ चैत– प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी २२ मा चैतमा हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
ओलीले सर्वदलीय बैठकपछि भनिन्, ‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ । निर्वाचन चाहीँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको छ ।’