काठमाण्डू, १८ चैत– संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी रहेको बताइएको छ ।
गत २१ फागुनको निर्वाचनपछि यो पहिलो औपचारिक बैठक हो । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूसहित संघीय संसदको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।
सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेको आह्वानमा सर्वदलीय बैठक बसेको हो । प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ ।