क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १७ गते १८:३८ मा प्रकाशित

काठमाण्डू, १७ चैत– २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् ।

उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप रहेको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनी ५ बजे रंगेहात पक्राउ परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us