काठमाण्डू, १७ चैत– एमालेको संसदीय दलको बैठक बोलाएको छ । आज (मंगलबार) एमालेको मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन ।
बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनले जानकारी दिएका छन । त्यस्तै आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अन्य पार्टीसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
अन्य पार्टीसँग छलफल र सहकार्य गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई दिइएको बस्नेतको भनाइ छ ।