सम्पत्ति शुद्धीकरणः अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट

काठमाण्डु टुडे २०८२ चैत १७ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, १७ चैत– अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । व्यवसायी भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसूचीमा राखेको स्रोतले जानकारी दिएको छ ।

नेपालका हुने ठूला ठेक्का र खरिदका काममा बिचौलियाका रूपमा काम गरेको भन्दै भट्टको नाम विवादमा आउने गरेको छ । राजनीतिक व्यक्तिसँग पहुँचमा रहेर सेटिङ मिलाएर स्वार्थअनुरूप काम गराउँदै आएको आरोप उनी माथि लाग्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us