काठमाण्डू, १७ चैत– जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावत रहेको प्रहरीले जनाएको छ ।
आज (बुधबार) बिहान भएको दुर्घटनामा परी गम्भीर घाइते भएका रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिएका छन । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।