दुई कोइरालालाई दायाँबायाँ राखेर खड्काले सुरु गरे कांग्रेस संस्थापनइतर समूहको बैठक

काठमाण्डु टुडे २०८२ चैत १७ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, १७ चैत– कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाण्डूको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो । पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् ।

भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ । बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् ।

उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् । शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ–आफ्नो ठाउँ मा बसिदिन आग्रह गरेर बैठक अघि बढाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us