प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा

काठमाण्डु टुडे २०८२ चैत १७ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, १७ चैत– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज (बुधबार) देखि अनिवार्य अवकाशमा जाँदै छन । २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन् । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि राउत नियुक्त भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us