एमाले सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८२ चैत १७ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, १७ चैत– एमालेको सचिवालय बैठक जारी छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक बसेको हो ।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।

पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us