कांग्रेस महामन्त्री पौडेलको आग्रहः पार्टीभित्रको विवाद बिर्सिएर एकजुट होऔँ

काठमाण्डु टुडे २०८२ चैत १७ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, १७ चैत– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन अनुरोध गरेका छन ।

महामन्त्री पौडेलले देशका हरेक संकटमा कांग्रेस सधैँ एकजुट रहँदै आएको स्मरण गराउँदै विगतमा पार्टीले हासिल गरेका ऐतिहासिक सफलताहरू एकताकै बलमा सम्भव भएको पनि बताएका छन ।

एक्समा उनले भनेका छन्, ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा भन्दैछु, हामी सबै एकजुट होऔँ ।’

पौडेलले एकतामा नै शक्ति रहेको उल्लेख गर्दै यसैको बलमा कांग्रेसले फेरि उज्यालो भविष्य प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका छन । उनले सबै नेता र कार्यकर्तालाई पार्टी हितका लागि आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अनुरोध समेत गरेका छन ।

कांग्रेसको संस्थापनइतर ( देउवा–कोइराला) समूहको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि उनले यस्तो अनुरोध गरेका गरेका छन । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक आज ११ बजे धुम्बाराहीमा बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us