काठमाण्डू, १७ चैत– एमालेको सचिवालय बैठक तोकिएकोभन्दा केही बेर ढिला गरी सुरु भएको छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि अझै बैठक सुरु हुन सकेको छैन । यद्यपी पार्टी केन्द्रीय कार्यालय च्यासलमा सदस्यहरु पुग्ने क्रम भने चलिरहेको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि दोस्रोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।