पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १७ गते ८:५४ मा प्रकाशित

काठमाडौं, १७ चैत — काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
रिजाल २०७८ भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओ थिए I  उनीमाथि आन्दोलन दमन गरेको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि रिजालसमेत कारबाहीका लागि सिफारिस गरेको थियो ।

आयोगको सिफारिसपछि यसअघि तत्कालीन प्रधानमन्त्री केपी  ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us