छुट्टै भेलाबारे शेखरले भनेः पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छ

काठमाण्डु टुडे २०८२ चैत १६ गते १६:४९ मा प्रकाशित

काठमाण्डू, १६ चैत– कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेलाबारे पहिले पनि गरिरहेकै अभ्यास रहेको तर्क गरेका छन । आज (सोमबार) निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा खड्का–कोइराला समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालो यस्तो बताएका हुन ।

नेता कोइरालाले भने, ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ ।’ संसद्मा हुने गतिविधि आफूहरू जानकारी लिन पनि यस्ता भेला भइरहने उनले आशय व्यक्त गरे ।

‘संसद्मा के भइरहेको छ, कसो भइरहेको छ रु हामी संसद बाहिर छौँ, धेरै साथीहरू यसपटक । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर छलफल हुन्छ,’ उनले भने ।

संसद्मा लैजाने विषयवस्तुका बारेमा संसद्बाहिर रहेका नेताहरूसँग सुझाव लिइराख्न पनि उनले नवनिर्वाचित सांसदहरूसँग आग्रह गरे । उनले भने, ‘मभन्दा पनि धेरै पुराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ । उहाँहरूसित हामीसित सरसल्लाह पनि गर्नुहोला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us