प्रधानमन्त्रीसँग एमाले सांसदले भनेः अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

काठमाण्डु टुडे २०८२ चैत १६ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, १६ चैत– एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन ।

आज (सोमबार) प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सबै सांसदहरूसँग उनले आ–आफ्ना क्षेत्रगत समस्याबारे सोधखोज गर्नका लागि बोलाएका थिए । सो क्रममा धनकुटाबाट निर्वाचित एमाले सांसद राईले भने अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेका हुन् ।

सांसद राईले प्रधानमन्त्री शाहसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गर्नुभयो, तत्काल रिहा हुनुपर्छ ।’ स्रोतको अनुसार अनुसार, राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि उनले आपत्ति जनाए । ‘राम्रो काम गर्नै पनि भन्ने । अनि हामीले एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?’ राईले असन्तुष्टि राख्दै भनेका थिए ।

यद्यपि उनले यी कुराहरू राख्दा प्रधानमन्त्री शाहले भने कुनै प्रतिक्रिया दिएनन् । ‘उहाँ (राजन्द्र राई) ले आफ्ना कुरा एकोहोरो राखिरहनुभयो । तर प्रधानमन्त्री (बालेन शाह) भने केही बोल्नुभएन । उहाँले जवाफ नै दिन चाहनुभएन, स्रोतले भन्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us