कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

काठमाण्डु टुडे २०८२ चैत १६ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १६ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन । प्रधानमन्त्री शाहले आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।

छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।

‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us