ओली रिहाइको माग गर्दै एमालेको प्रदर्शन

काठमाण्डु टुडे २०८२ चैत १६ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, १६ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि प्रदर्शन गरेको छ । काठमाण्डूका माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ । एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’, ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us