माइतीघरबाट सुरु भयो एमालेको प्रदर्शन

काठमाण्डु टुडे २०८२ चैत १६ गते १४:२९ मा प्रकाशित

काठमाण्डू, १६ चैत– आज (सोमबार) पनि एमालेले सरकारविरुद्ध प्रदर्शन गरेको छ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो ।

एमालेका नेता कार्यकर्ताहरू काठमाण्डूको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् । यसअघि एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका थिए ।

उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us