प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदैनौंः हर्क साम्पाङ

काठमाण्डु टुडे २०८२ चैत १६ गते १३:५० मा प्रकाशित

काठमाण्डू, १६ चैत– श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने घोषणा गरेका छन ।

प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने उनले बताएका छन । आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन् ।

यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको छ । उनले भनेका छन, ‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन ।

हामी कोठे बैठकमा आउँदैनौँ, ‘सदनको बैठक बोलाउनु पर्‍यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us