काठमाण्डू, १६ चैत- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
शाहले सोमबार अपराह्न ४ बजे बस्ने गरी सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित भएका शाहले यसअघि सोही दिन पहिलो बैठक बसाएका थिए । उक्त बैठकले सरकारले गर्ने १ सय कामको सूची स्वीकृत गरेको थियो ।