काठमाण्डू, १६ चैत- काँग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि समानन्तर गतिविधि थालेको देउवा समूहले बैठक बोलाएको हो । खड्काले कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर लेखक पक्राउप्रति विरोध जनाएका थिए ।
निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा मंगलबार बैठक बस्ने तय भएको नेता मीनबहादुर विश्वकर्माले बताए । बैठकमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरुलाई बोलाइएको छ ।
कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित केन्द्रीय समितिले खड्कामाथि कारबाहीको तयारी गरेको छ ।