गैंडाकोटमा तीन सवारी साधन आपसमा ठोक्किएर दुर्घटना

काठमाण्डु टुडे २०८२ चैत १६ गते ९:२९ मा प्रकाशित

काठमाण्डू, १७ चैत- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटमा तीन सवारी साधन आपसमा ठोक्किएका छन् ।

गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक तीन वटा सवारी साधन दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा कसैको मृत्यु भने भएको छैन ।

नवलपुर प्रहरीका डीएसपी अनिल पण्डितले नेपालगञ्जबाट काठमाण्डूतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई बिहान ६ बजेर ४५ मिनेटमा ठक्कर दिएपछि दुर्घटना भएको बताए ।

दुर्घटनामा तीनवटै सवारीका चालकसहित १२ जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us