काठमाण्डू, १५ चैत– पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाण्डूको निर्देशनमा भत्काउन रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानकारी दिएका छन । प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ ।
भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो । देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताउँछन् ।