काठमाण्डु, १४ असोज – एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले अवरुद्ध संसद सुचारु गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाइनुपर्ने दावी गरेका छन् ।
‘चार बुँदे सहमति अन्तरगत प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक बन्ने कुरामा कांग्रेसले मान्यो, एमालेका अरु नेताले पनि माने तर एमाले अध्यक्ष केपी ओली मान्न तयार भएनन् ’, रिपोर्टर्स क्लव अर्घाखाँचीले गरेको साक्षात्कार कार्यक्रममा रायमाझीले भने , ‘ओली कै कारण सहमति हुन नसक्दा समस्या झन जटिल भएको हो ।’
पहिलो संविधानसभामा ९० प्रतिशत काम पुरा भएकाले बाँकी काम सबैको सहमति भए माघ ८ भित्रै संविधानका खाका बाहिर आउने र प्रधानमन्त्री सुशील कोईरालालाई अवकास दिने तयारी भइरहेको उनले बताए ।
उनले शासकीय स्वरुप, संघीयतामा जेमा कुरा मिल्छ त्यसैमा सहमती गर्नुपर्ने बताउँदै कांग्रेस, एमाले बढी जिम्मेवार हुनुपर्ने धारणा राखे ।
संवाद समितिले धेरै काम गरेकाले यसपालि संविधान बनेरै छाड्ने दावी गरे ।