प्राधिकरणले विद्युत् मिटर दिन नसक्दा अँध्यारोमा बस्न बाध्य

काठमाण्डु टुडे २०७१ असोज १४ गते ७:२४ मा प्रकाशित
गोरखा, १४ असोज – जिल्लामा १२ सयभन्दा बढीले विद्युत् मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका छन्।
loadsiddingगत आर्थिक वर्षको फागुन महिनादेखि नेपाल विद्युत् प्राधिकरण पाल्पा शाखामा माग गरे पनि विद्युत् मिटर उपभोक्ताले पाउन सकेका छैनन्।विद्युत् प्राधिकरण पाल्पाका लेखापाल महेन्द्र कोइरालाका अनुसार जिल्लामा फागुन महिनादेखि विद्युत् मिटरको अभाव भएको हो।

केन्द्रमा एक हजार विद्युत् मिटरको माग भए पनि हालसम्म नआउँदा वितरणमा समस्या भएको कोइरालाको भनाइ छ।

सात–आठ महिनादेखि घरमा विद्युत् वायरिङ गरेपछि विद्युत् मिटरको अभावमा अँध्यारोमा बस्नु परेको उपभोक्ताको गुनासो छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us