भट्टराईले अघि सारे ८ वा १० प्रदेशको प्रस्ताव

काठमाण्डु टुडे २०७१ असोज १४ गते १:४० मा प्रकाशित

काठमाण्डु, १४ असोज– एमाओवादी वरिष्ठ नेता एवं संविधानसभा संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधानमा नमिलेका प्रमुख तीन विषय राज्य पुनसंरचना, Baburam-Bhattarai_AP_20120907053211शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे नयाँ प्रस्ताव अघि सारेका छन् ।
कांग्रेस र एमालेले भने भट्टराईको प्रस्तावले बन्न लागेको सहमतिलाई बिगारेर संविधान निर्माण प्रकृया भाँड्ने चिन्ता व्यक्त गरेका छन् । उनले ८ देखि १० प्रदेशको लिखित प्रस्ताव सोमबार सार्वजनिक गरेका छन् । प्रस्तावितमध्ये मधेसमा २ र पहाडमा ८ प्रदेश राखिएका छन् ।
भट्टराईले संवाद समिति सभापतिको हैसियतले सम्बन्धित विभिन्न पक्षसंग परामर्श र सुझावका आधारमा यी प्रस्ताव तयार पारेका हुन् ।

‘सबै दल आआफ्नो अडानमा रहेका बेला सहमतिका लागि मैले प्रस्ताव अघि सारेको हु’ उनले भने ,‘यो प्रस्ताव कुनै पनि पार्टीको होइन, संवाद समितिको सभापतिको हैसियतले सन्दर्भ सामग्रीका रुपमा ल्याएको हुँ ।’
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us