सर्वपक्षीय सम्मेलनको मिति तोक्नु गल्तीः माओवादी

काठमाण्डु टुडे २०७१ असोज १३ गते ११:५८ मा प्रकाशित
काठमाण्डु, १३ असाेज – नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सम्मेलनको मिति तोक्नु गल्ती भएको ठहर गरेको छ।
maoist-flagअसोज ८ गते देखि ११ गतेसम्म तीनदिनको पोलिटव्युरो बैठकले, लिखित सहमति नगरी मिति निर्धारित गर्नु गल्ती भएको निष्कर्ष निकालेको हो।
प्रमुख राजनीतिक दलले सर्वपक्षीय राजनीतिक सम्मेलनलाई एकदिने अन्तक्रिया जस्तो बनाउन खोजेकाले असफल भएको माओवादीले आरोप लगाएको छ।
सम्मेलनका लागि आफुहरुले वार्ता जारी गर्ने निर्णय गरेको छ। भदौ ३१ गते आयोजना गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन माओवादीका नेताहरु नगएपछि हुन सकेको थिएन।
बैठकले सरकारले भारतसित गरेको उर्जा व्यापार सम्झौता(पिटिए) र माथिल्लो कर्णाली सम्बन्धी उर्जा परियोजना विकास सम्झौता(पिडिए)। राष्ट्रघाती भएको भन्दै विरोधलाई निरन्तरता दिने निर्णय गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us