जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– गत २४ भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराको पृथ्वीचोकबाट पुनः पक्राउ गरेको छ ।

डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोक निवासी सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनी २४ भदौमा कारागार कार्यालय कास्कीमा भएको आन्दोलन र अराजकताको समयमा सुरक्षा घेरा तोडेर फरार भएका थिए ।

लामो समयदेखि फरार रहेका घर्ती क्षेत्रीको खोजतलासका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष संयुक्त टोली परिचालन गरेको थियो ।

उक्त टोलीले सुराकीको आधारमा फागुन २५ गते दिउँसो करिब १२ः४५ बजे पोखरा महानगरपालिका– ९ स्थित पृथ्वीचोकमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई फेला पारेको हो ।

प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः कास्की कारागार चलान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us