काठमाण्डु, १३ असोज – काठमाण्डुको पुतली सडकस्थित एक घरमा आगलागी भएको छ ।
गगन कंसाकारको घरको चौथो तलामा डेरा गरि बस्ने यज्ञबहादुर कार्कीको कोठामा आगलागी भएको हो।
बोतलमा राखेको पेट्रोल पोखिएर, जमरा पुजामा राखिएको दियोले भेटेर आगलागी भएको प्रहरीले जनाएको छ।
साेमबार दिउसाे आगो लागेको अागाे निभाउन दुईवटा दमकलले नियन्त्रणमा लिएको सिंहदरबार प्रहरी बृत्तले जानकारी दिएको छ।
कार्कीको कोठा र त्यहाँ भएका सामान जलेपनि आगलागीबाट भएको क्षतिको यथार्थ विवरण भने आइसकेको छैन ।